काठमाण्डौंमा दुई जनामा हैजा पुष्टि

असार ५, २०७९

काठमाडौंमा दुई जनामा हैजा पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं महानगरपालिका २८ बागबजार बस्ने एकै परिवारका १८ र २३ वर्षिय व्यक्तिमा झाडापखालाको लक्षण देखिएपछि जाँच गराउँदा हैजा पुष्टि भएको हो । उनीहरुको उपचार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भइरहेको छ । 

गर्मी तथा वर्षायममा झाडापखाला, हैजा तथा पानी जन्य रोग फैलिने भएकाले सर्तक रहन मन्त्रालयले आग्रह समेत गरेको छ । 


प्रतिक्रिया