डेंगीका कारण थप ४ जनाको मृत्यु

आश्विन १२, २०७९

नेपालमा डेंगी संक्रमणका कारण थप ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार यो वर्षको साउन यता फैलिएको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३६ पुगेको छ । यसअघि मन्त्रालयले सार्वजनीक गरेको तथ्याङ्क अनुसार ३२ जनाको मृत्यु भएको थियो ।

 ७६ जिल्लामा तिव्र गतिमा डेंगी फैलिएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ । हालसम्म २७ हजार ५ सय ६९ जनामा सो संक्रमण देखिएको छ । जसमध्ये बागमती प्रदेशका संक्रमितको संख्या उच्च छ । सरकारले संक्रमण न्यूनीकरणका लागि विभिन्न प्रयास गरे पनि प्रभावकारी बन्न नसक्दा संक्रमण तीव्र भएको हो । 


प्रतिक्रिया