ताप्लेजुङमा मास्क र सेनिटाइजरको प्रयोग अनिवार्य

चैत्र २७, २०७९ | ताप्लेजुङ

कोरोना संक्रमणको जोखिम बढ्न थालेको भन्दै जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले सुरक्षा सावधानी अपनाउन आग्रह गरेको छ । प्रशासनले स्थानीयमा आवश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन, भिडभाड हुन नदिन र भिडभाड स्थलमा नजानपनि आग्रह गरेको हो । गोष्ठी, सेमिनार, बैठक जस्ता भिडभाड हुने कार्यक्रमहरुमा मास्कको प्रयोगलाई अनिवार्य गरिएको छ, भने पटक/पटक हात धुन र सेनिटाइजरको प्रयोग गर्न आग्रह गरिएको छ । 

सरकारी कार्यालयमा मास्कको अनिवार्य प्रयोग गर्न र सेवा प्रदायक कार्यालयले कार्यालय परिषरमा सेनिटाइजरको ब्यवस्था मिलाउन प्रशासन कार्यालयले निर्देशन दिएको छ । विद्यालय, कलेज, ट्युसन सेण्टर, तालिम वा अन्य प्रकारका शैक्षिक कृयाकलाप सञ्चालन गर्दा जनस्वास्थ्य र स्वास्थ्य मापदण्ड पालना गर्न गराउन प्रशासन कार्यालयले सरोकारवाला निकायलाई निर्देशन दिएको छ ।


प्रतिक्रिया