स्वास्थ्य चौकीमा नै सुविधा सम्पन्न प्रयोगशाल र एक्सरे सेवा

वैशाख २६, २०८० | पश्चिम नवलपरासी

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१३ स्थित अमरौट स्वास्थ्य चौकीमा सुविधा सम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । स्वास्थ्य चौकीमा प्रयोगशाला नहुँदा जिल्ला अस्पताल र निजी स्वास्थ्य संस्थामा जानुपर्ने बाध्यता अन्त्य गर्न प्रयोगशाला स्थापना गरीएको हो ।

नगरपालिकाले प्रयोगशाला सहित प्रदेश सरकारले उपलब्ध गराएको डिजिटल एक्सरे सेवा सञ्चालन गरेको नगरपालिकाका प्रमुख धनपत यादवले बताउनुभयो । प्रयोगशालामा सुगर, युरिक एसिड, हेपाटाईटिस, गर्भ परीक्षण, रगत परीक्षण र एक्सरे सेवा दिने नगरपालिकाले जनाएको छ ।


प्रतिक्रिया