डडेलधुराको परशुराम नगरपालिकामा झाडापखाला फैलियो

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ ४, २०८० | काठमाडौं

डडेलधुराको परशुराम नगरपालिकामा झाडापखाला फैलिएको छ । १ सातादेखि फैलिएको झाडापखालाका कारण करिब २ सय जना प्रभावित भएको त्यहाँको स्वास्थ्य कार्यालयलाई उद्धत गर्दै सहकर्मी डिआर पन्तले जनाएका छन्। झाडापखालाकै कारण १४ वर्षिया बालिका सङगीता धामीको मृत्युभएको छ ।

परशुराम नगरपालिकाको गुप्तेडाँडा, जुमरैनी, करेनी तथा साँदनीमा झाडा पखला फैलिएको हो । सहकर्मी पन्तका अनुसार सो क्षेत्रमा १० महिने बालकदेखि ९० वर्ष उमेरसम्मका व्यक्ति झाडापखालाबाट प्रभावित भएका छन । स्थानीय विद्यालयमा स्थापना गरिएको अस्थायी उपचार केन्द्रमा पीडितको उपचार भइरहेको छ ।

सो क्षेत्रमा यसअघि पनि झाडापखालाका फैलिएको थियो । २०७६ सालमा सोही क्षेत्रमा हैजाका कारण झाडापखाला फैलिएको पुष्टी भएको थियो । 


प्रतिक्रिया