थप २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

जेष्ठ ४, २०८०

पछिल्लो पटक नेपालमा थप २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ८ सय ३९ जनामा गरिएको नमुना परीक्षणका क्रममा सो संख्यामा संक्रमण पुष्टि भएको हो । १५ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार मुलूकभर ८८ जना सक्रिय संक्रमित छन् । 

एकजनाको आइसीयु र एकजनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । ९ जना संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । यसैबीच टायफाइडबाट जोगिन व्यक्तिगत सरसफाई र वातावरण स्वस्थ राख्न मन्त्रालयले आग्रह गरेको छ । 

ढल वा संक्रमित व्यक्तिको दिसामा पाइने टाइफाइड रोगको जीवाणु स्वस्थ व्यक्तिमा दुषित खाना वा पानीको माध्यमबाट सर्ने विज्ञले जनाएका छन् ।   


प्रतिक्रिया