थप ७ जनामा कोरोना संक्रमण पुष्टि

जेष्ठ १६, २०८०

पछिल्लो पटक नेपालमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ सय १७ जनामा गरिएको नमुना परीक्षणबाट सो संख्यामा संक्रमण पुष्टि भएको हो । ६ जना संक्रमणमुक्त भएका छन् । 

मुलूकभर २८ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । यसैबीच मन्त्रालयले सुर्तीजन्य पदार्थ सेवन नगरे ९० प्रतिशत फोक्सोको क्यान्सर हुनबाट बच्न सकिने पनि जनाएको छ ।  


प्रतिक्रिया