उडानमा अनिवार्य गरिएको कोभिड प्रोटोकल हटाइयो

जेष्ठ १६, २०८० | काठमाडौं

नेपालका लागि हुने अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानमा अनिवार्य गरिएको कोभिड सम्बन्धी प्रोटोकल हटाइएको छ । कोभिड–१९ को घट्दो प्रभाव एवं विश्व स्वास्थ्य संगठनले वैशाख अन्तिम सातादेखि विश्वव्यापी संकटकालको अन्त्यको घोषणासँगै नेपालले हवाई सेवामा अनिवार्य गरेको सो नियम हटाएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हवाई यातायातमा कोभिड–१९ को संक्रमण फैलिन नदिन नेपालले अनिवार्य गरेका मास्क, खोप कार्ड, पीसीआर जाँच लगायत पछिल्लो पटकका हेल्थ प्रोटोकल हटाइएको हो ।


प्रतिक्रिया