गर्मीपछि बर्दियामा झाडापखाला, बालबालिका प्रभावित

जेष्ठ १७, २०८० | बर्दिया

अत्यधिक गर्मीका कारण बर्दियामा बालबालिका झाडापखालाबाट प्रभावित बन्दै गएका छन् । विशेषगरी १० वर्षमुनिका बालबालिका झाडापखाला, आउ पर्ने र पेट दुःख्ने समस्याले जिल्ला अस्पतालमा दैनिक दर्जनौं उपचारका लागि आउने गरेका छन् ।

 बर्दियामा सबैभन्दा बढी बालबालिका बिरामी पर्न थालेको बालरोग विशेषज्ञ डा. विश्वनाथ प्रसाद साहले बताउनुभयो । अत्यधिक गर्मी र खानपानका कारण झाडापखालाले बालबालिका प्रभावित भएको उहाँको भनाई छ ।जिल्ला अस्पतालमा झाडापखालाबाट प्रभावित बालबालिका दैनिक २० बढि उपचारका लागि आउने गरेका छन् । 

यस बाहेक टाउको दुःख्ने, ज्वरो आउने, दीर्घरोगी लगायत इमर्जेन्सीका बिरामीले अस्पताल भरिएको छ । बहिरंग सेवामा दैनिक २ सय ५० बिरामी उपचारका लागि आउने गरेको जिल्ला अस्पाताल, बर्दियाले जनाएको छ । 


प्रतिक्रिया