दश प्रतिशत शैया छुट्याई निःशुल्क उपचार गर्न स्वास्थ्य संस्थालाई सरकारको निर्देशन

जेष्ठ १७, २०८० | काठमाडौं

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै खाले स्वास्थ्य संस्थाहरुलाई कुल शैयाको दश प्रतिशत शैया छुट्याई निःशुल्क उपचार अनिवार्य गराउन निर्देशन दिएको छ ।

मन्त्रालयले पुनः ताकेताका लागि परिपत्र जारी गर्दै सबै सरकारी, निजी , सामुदायिक अस्पताल, प्रतिष्ठान र मेडिकल कलेजलाई निर्देशन जारी गरेको छ । स्वास्थ्य संस्था सञ्चालन सम्बन्धी मापदण्ड बमोजिम सो व्यवस्था लागु गर्न मन्त्रालयले यसअघि बैशाख १३ गते पनि परिपत्र गरेको थियो ।


बिरामीले संस्थाबाट सेवा प्राप्त गर्न लाग्ने शुल्क, प्रक्रिया तथा अवधि समेत खुलाएको बिरामी वडापत्र अस्पतालको अग्र भागमा देखिने गरी राख्न समेत मन्त्रालयले पुनः स्मरण गराएको छ ।    


प्रतिक्रिया