पश्चिम नवलपरासीमा आँखा पाक्ने रोगका कारण तीन दिन विद्यलय बन्द

श्रावण २१, २०८० | परासी

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले स्थानीयमा आँखा पाक्ने रोगको प्रकोप बढेको भन्दै विद्यालय तीन दिन बन्द गर्ने निर्णय गरेको छ । 

पालिकाभित्र आँखा पाक्ने रोगबाट विद्यालय उमेरका बालबालिका प्रभावित भएकाले आजदेखि तीन दिन पालिका भित्रका सामुदायिक, निजी र धार्मिक लगाएत सबै शैक्षिक संस्था बन्द गरिएको हो । 

प्रकोप रोक्नका लागि आँखाको सरसफाइ, चस्माको प्रयोग र भिडभाडमा नजान स्वास्थ्यकर्मीले आग्रह गरेका छन् । जिल्लाको रामग्राम, पाल्हिनन्दन, सरावल, सुस्ता लगायतका पालिकामा पनि आाखा पाक्ने समस्या देखिएको छ ।


प्रतिक्रिया