सरकारी प्रतिनधी र संघर्षरत चिकित्सकबीच वार्ता सुरु

भाद्र ३१, २०८० | काठमाडौं

नेपाल चिकित्सक संघले उठाएको माग र घोषणा गरेको आन्दोलनलाई सम्बोधन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वार्ता समिति बनाएको छ । संघसँग वार्ता गर्न स्वास्थ्यमन्त्री स्तरीय निर्णय गर्दै मन्त्रालयले अतिरिक्त स्वास्थ्य सचिव डा. विकास देवकोटाको संयोजकत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव रहने गरी पाँच सदस्यीय समिति गठन गरेको हो ।

मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिका अनुसार संघका प्रतिनिधिसँग आजै वार्ता गरिने भएको छ । यस विवादको समाधान वार्ताबाट गर्न मन्त्रालय तत्पर रहेको पनि विज्ञप्तिमा भनिएको छ । चिकित्सक संघले विभिन्न ६ बुँदे माग अगाडि सार्दै आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । 


प्रतिक्रिया