प्रादेशिक अस्पतालमा औषधि अभाव

आश्विन १, २०८० | दोलखा

आर्थिक संकटमा परेपछि दोलखाको पशुपति चौलागाई स्मृति प्रादेशिक अस्पतालमा औषधिको चरम अभाव भएको छ । अस्पतालमा सामान्य ज्वरो, रुघाखोकीको उपचारका लागि पुगेको बिरामी औषधि नपाएपछि समस्यामा परेका छन् । बागमती प्रदेश सरकार र दोलखाका स्थानीय तहले औषधि खरिदमा बजेट विनियोजन नगर्दा अस्पतालको फार्मेसी रित्तिएको हो । अस्पतालले आन्तरिक स्रोतबाट औषधि खरिद गरेर बिरामीलाई वितरण गर्ने गरेको थियो ।

प्रादेशिक अस्पताल नै आर्थिक संकटमा परेकाले औषधि खरिदमा समस्या देखिएको अस्पताल सञ्चालक समितिका अध्यक्ष भरत प्रधानले बताउनुभयो । वार्षिक डेढ करोड बराबरको औषधि अस्पतालले खपत गर्दै आएको छ । तत्कालका लागि औषधि अभाव टार्न एक महिना पुग्ने सीमित औषधि खरिदको तयारी भईरहेको प्रधानले जानकारी दिनुभयो ।


प्रतिक्रिया