आँखामा हुने शापू संक्रमणबाट जोगीन स्वास्थ्य मन्त्रालयको आग्रह

आश्विन ६, २०८० | काठमाडौं

सेतो पुतलीका कारण आँखामा हुने संक्रमणबाट सावधानी अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।

वर्षायाम पछिका महिनामा शापू समेत भनिने पुतलीका कारण आँखामा हुने संक्रमणको सम्भावना उच्च रहने भन्दै मन्त्रालयले सावधानी अपनाउन आग्रह गरेको हो । हरेक उमेर समूहका व्यक्तिमा देखिने यो संक्रणमको समयमा उपचार नभए आँखाको दृष्टि गुम्ने जोखिम रहने मन्त्रालयले जनाएको छ ।

एक्कासी एउटा आँखा रातो हुने, उज्यालोमा हेर्न गाह्रो हुने जस्ता समस्या यो संक्रमणको लक्षण हुन् । पुतली बाहेक अन्य जीवाणुबाट समेत यसको संक्रमण फैलिन सक्ने विज्ञहरुको भनाइ छ ।

संक्रमणबाट जोगिन धेरै उज्यालो बत्ति नबाल्न तथा घरका झ्याल ढोका साँझको समयमा राम्रोसँग बन्द गर्न मन्त्रालयले आग्रह गरेको छ । 


प्रतिक्रिया