कर्णाली प्रादेशिक अस्पतालमा सेनाको मेडिकल क्याम्प खडा

कार्तिक १८, २०८० | काठमाडौं
भूकम्पमा परी घाइते भएकाको उपचारका लागि सुर्खेतस्थित कर्णाली प्रादेशिक अस्पतालमा सेनाले मेडिकल क्याम्प खडा गरेको छ ।
प्रदेश अस्पताल कालागाउँमा सहायता प्रदान गर्न नेपाली सेनाको सुर्खेतस्थित कालिबहादुर गणले मेडिकल क्याम्प खडा गरेको हो ।
भूकम्पमा परी घाइते भएकाको चाप बढ्ने देखिएपछि मेडिकल क्याम्प खडा गरिएको कालिबहादुर गणका प्रमुख सेनानी शैलेन्द्र सिलवालले बताउनुभयो ।
घाइतेको चाप बढेको खण्डमा मेडिकल क्याम्पबाट सेवा दिइने प्रदेश अस्पताल सुर्खेतका निर्देशक प्रा.डा. डम्बर बहादुर खड्काले बताउनुभयो । उहाँका अनुसार प्रदेश अस्पताल हाल २ सय ९९ शय्या उपलब्ध छ ।