पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आकस्मिक बाहेकका सेवा ठप्प

कार्तिक २२, २०८० | काठमाडौं

ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आकस्मिक बाहेकका सेवा ठप्प भएको छ । आवासीय चिकित्सकहरु विरोधमा उत्रिएपछि पाटन अस्पतालको आकस्मिक बाहेक सेवा प्रभावित भएको प्रतिष्ठानका प्रा.डा युवराज शर्माले बताउनुभयो ।

बिरामीका आफन्तले चिकित्सकमाथि कुटपिट गरेको विरोधमा पाटन अस्पतालका चिकित्सक सहितका स्वास्थ्यकर्मीले आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेका हुन् ।

ओखलढ्ंगाकी ९० वर्षीया वृद्धा र ललितपुरका ६८ वर्षीय वृद्धको शनिबार एकै पटक मृत्यु भएसँगै स्वास्थ्यकर्मीले गलत औषधि दिएको भन्दै आफन्तले ड्युटीमा खटिएका रेजिडेन्ट चिकित्सकलाई हातपात गरेका थिए ।

चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही गर्न माग गर्दै आवासीय चिकित्सकहरु विरोध प्रदर्शनमा उत्रिएका हुन् । 


प्रतिक्रिया