स्वास्थ्य मन्त्रालयको निर्देशन फिर्ता लिन चिकित्सक संघको माग

भाद्र १८, २०८१

नेपाल चिकित्सक संघले सार्वजनिक विदाको दिनमा समेत बहिरंग सेवा दिने सरकारको निर्णय अविलम्ब फिर्ता लिन माग गरेको छ । 

गत भदौ ७ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सार्वजनिक बिदाका दिनमा सबै प्रकारका अस्पतालबाट सेवा प्रवाह गर्न भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गरेको पत्रचार प्रति संघले विरोध जनाएको हो । संघका महासचिव डा. सन्जिव तिवारीले जारी गरेको विज्ञप्तीमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको शारीरिक तथा मानसिक स्वास्थ्यको वेवास्ता गर्दै बिदाका दिनमा समेत बहिरंग सेवा संचालन गर्ने विषय मानवताको दृष्टिकोणले अव्यवहारिक भएको उल्लेख छ ।

अन्तर्राष्ट्रिय अभ्यास विपरित बिदाका दिनमा समेत बहिरंग सेवा सुचारु भएको खण्डमा स्वास्थ्यकर्मीहरुमा शारीरिक तथा मानसिक तनाव बढ्ने तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा ह्रास आउने संघको भनाइ छ । अन्तर्राष्ट्रिय श्रम संगठनले व्यक्तिको श्रमअवधि साताको ४० घण्टा तोकेपनि ७२ घण्टासम्म लगातार काम गर्नुपरेको भन्दै त्यसको तुलनामा सुविधा र दरबन्दी अत्यन्त कम भएको संघले बताएको छ 


प्रतिक्रिया