डेंगी संक्रमण घट्दो क्रममा

कार्तिक २१, २०८१

पछिल्लो केहीदिनयता डेंगी संक्रमण घट्न थालेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । इडीसीडीका किटजन्य रोग शाखाप्रमुख डा गोकर्ण दाहालले चिसो बढेसँगै डेंगीको संक्रमण घटेको बताउनुभयो । अब चिसो बढेसँगै डेंगी पनि घट्ने भएपनिअझै सतर्कता अपनाउन उहाँले आग्रहगर्नुभयो । 

पछिल्लो ११ महिनामा २८ हजार बढीमा डेंगी संक्रमण पुष्टि भएको उहाँले बताउनुभयो । ७६ वटा जिल्लामा २८ हजार २ सय १२ जनामा संक्रमण पुष्टि भएको छ भने १२ जनाको मृत्यु भएको छ । गतवर्ष यहीअवधिमा डेंगी उच्च बनेको थियो । सबै भन्दा बढी गण्डकीमा संक्रमित फेला परेको पनि डा. दाहालले बताउनुभयो । 


प्रतिक्रिया