स्तन क्यान्सरको वंशानुगत परीक्षण अब नेपालमै सम्भव
पुस १६, २०८१
नेपालमै अब स्तन क्यान्सरको वंशानुगत परीक्षण हुने भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी सन्तोष सुवेदीका अनुसार पहिलो पटक स्तन क्यान्सरको वंशाणुगत परीक्षण सेवाको परीक्षण सफल भएको छ ।
मुलुकमै परीक्षण सम्भव नहुँदा महँगो र झण्झटिलो प्रक्रियाबाट यसको परीक्षण हुदै आएको थियो । यसअघि नै सरकारी क्यान्सर अस्पतालहरुमा सम्भव नभएका परीक्षणसमेत प्रयोगशालामार्फत हुने गरी प्रबन्ध गरिएको उहाँको भनाई छ ।