एक हजार स्वास्थ्य जनशक्ति थप्ने सरकारको निर्णय

वैशाख २१, २०८२ | काठमाडौं

सरकारले विभिन्न अस्पतालमा एक हजार जना जनशक्ति थप्ने भएको छ ।

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदको गत बुधबारको बैठकले विभिन्न जिल्लामा रहेका अस्पतालमा एक हजार जनशक्ति थप्ने निर्णय गरेको हो । मन्त्रालयका अनुसार मन्त्रिपरिषदले बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा एक सय २९, धनगढीको गेटा अस्पतालमा एक सय ४१ तथा डडेलधुरा अस्पतालमा तीन सय १३ जनाको अस्थायी दरबन्दी स्वीकृत गरेको हो । 

जनशक्ति थपिएसँगै ती अस्पतालहरुले सञ्चालनमा खेपिरेहको समस्या समाधानहुने अपेक्षा गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताउनुभयो । यस्तै, मन्त्रिपरिषद बैठकले स्वास्थ्य बोर्डमा पनि चार सय दुई जना जनशक्ति थप्ने निर्णय गरेको छ ।  


प्रतिक्रिया