उत्पादन र वितरणमा तल्लो वर्गको पहूँच विस्तार नभएसम्म समृद्धि हासिल हुन्न : डा. खगेन्द्र प्रसाईं

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ १३, २०७६ | काठमाडौं

उत्पादन र वितरणमा तल्लो वर्गको पहूँच विस्तार नभएसम्म समृद्धि हासिल हुन्न : विश्लेषक डा. खगेन्द्र प्रसाईं 

आर्थिक समृद्धि हासिल गर्न मुलुकमा उत्पादकत्व बढाउनुको बिकल्प नरहेको विश्लेषक डा. खगेन्द्र प्रसाईंले बताउनु भएको छ । रेडियो कान्तिपुरको नियमित कार्यक्रम दी हेडलाइनर्स्मा कुरा गर्दै उहाँले प्रत्यक्ष उत्पादनमुखी, रोजगारी सिर्जना हुने योजना र कार्यक्रममा सरकारले जोड दिनुपर्ने उल्लेख गर्नुभयो । यसरी हुने उत्पदानलाई समाजका तल्लो र मध्यम वर्गसँग प्रत्यक्ष जोड्दै उनीरुलाई लाभग्राही बनाउन सकिएमात्र समृद्धि हासिल हुने प्रसाईले बताउनुभयो । यसो नभए समाजवाद उन्मुख मुलुकमा रुपान्तरण गर्ने सरकारी योजना कार्यान्वयनमा समस्या आउने उहाँको भनाइ थियो । कस्तो समाजवाद र के का लागि समाजवाद भन्ने मुलभूत प्रश्नको उत्तर नखोजी सरकारले समाजवादको नारा मात्र फलाकेर लक्ष्य


प्रतिक्रिया