कोरोनाबारे आत्तिनु पर्दैन, ६ महिनालाई पुग्ने खाद्यन्न लगायत अत्यावश्यकीय बस्तु छ : मन्त्री खतिवडा

फाल्गुन २४, २०७६ | काठमाडौं

The Headliners | Journalist Anil | 7 March 2020 | 24 Falgun 2076

अर्थ एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री डा युवराज खतिवडाले कोरोना भाईरसबाट अर्थतन्त्रमा पर्न सक्ने सम्भावित जोखिमप्रति सरकार सचेत रहेको बताउनुभएको छ । आगामी ६ महिनालाई पुग्ने गरि खाद्यन्न लगायत अत्यवश्यकीय बस्तुको मौज्दात रहेकाले आत्तिनुपर्ने अवस्था नरहको मन्त्री खतिवडाको भनाई छ । कोरोना भाईरसको जोखिमबारे पूर्व तयारी, अध्यागमन लगायत सिमा क्षेत्रमा सरकारी सर्तकता चुस्त रहेको भन्दै मन्त्री खतिवडाले नागरिकको तर्फबाट अपनाउनुपर्ने सावधानीबारे ध्यान दिन आग्रह गर्नुभयो । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाईनर्समा विहान कुरा गर्दै मन्त्री खतिवडाले कोरोना भाईरसका नाममा बजारमा भईरहेका अनियमितता र कालोबजारी प्रति सरकार कडा रुपमा प्रस्तुत हुने चेतावनी समेत दिनुभयो । उहाँले भन्नुभयो, बजारमा आफु ठगिएको महसुस भए सुरक्षा निकाय लगायत सरोकारवाला निकायमा तुरुन्त खवर गर्नुस् । भ्रष्टाचार जन्य विषयलाई निरुपण गर्न सरकार कटिवद्ध रहेको मन्त्री खतिवडाको भनाई छ ।

रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :

 

प्रतिक्रिया