मास्कको प्रयोग गर्दैमा कोभिड १९ बाट बचिने हैन अन्य सावधानी अपनाउन पनि जरुरी छ : डा. निराजन भुसाल

चैत्र २, २०७६ | काठमाडौं

The Headliners | Journalist Pawan | 15 March 2020 | 2 Chaitra 2076

धुलिखेल अस्पतालका क्लिनिकल भेरोलोजस्टि डा. निराजन भुसालले मास्कको प्रयोगले कोरोना संक्रमणबाट नबचिने भन्दै संक्रमित व्यक्ति र उसँग प्रत्यक्ष सम्पर्कमा रहनुपर्ने स्वास्थ्यकर्मीले मात्रै त्यसको प्रयोग गर्नु उत्तम हुने बताउनु भएको छ । नेपालमा हाल मास्क लगाउने बित्तिकै कोभिन १९ बाट बच्नेजस्तो गरि भ्रामक प्रचार हुन थालेको भन्दै उहाँले अन्उ सावधानी अपनाउन पनि सुझाव दिनु भएको छ ।

रेडियो कान्तिपुरको नियमित कार्यक्रम दी हेडलाइनर्समा कुरा गर्दै डा. भुसालले साबुन पानीले हात धुने, भीडभाडमा सकभर नजाने, ज्वरो सुख्खा खोकी छाती दुख्नेजस्ता लक्षण देखिए स्वास्थ्य संस्थामा गइहाल्ने सुझाव दिनुभयो ।

तातो पानी पिएर, अदुवा, लसुन र रक्सी सेवन गर्दैमा कोभिड १९ बाट बच्ने भन्ने हल्लामात्रै भएको उहाँले सुनाउनु भयो । व्यक्ति इमान्दार भएर आफ्नो स्वास्थ्यका बारेमा सबै जानकारी गराउँदा पनि यसको संक्रमणबाट जोगिन मद्दत पुग्ने डा. भुसालले बताउनुभयो ।

सामाजिक सञ्जालमा आएका सबै सूचनाहरु सही नहुने भन्दै उहाँले विज्ञको सुझावमात्रै पालना गर्न आग्रह पनि गर्नुभयो ।

रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :

 

प्रतिक्रिया