कोभिड १९ लाई बेवास्ता गरिए अवस्था डरलाग्दो हुन सक्छ : डा. शेर बहादुर पुन

असार २४, २०७७ | काठमाडौं

The Headliners | Journalist Anil | 8 July 2020  | 24 Asar 2077

सरुवा रोग विशेषज्ञ डा शेर वहादुर पुनले कोभिड १९ को संक्रमण जोखिमलाई बेवास्ता गरिए अवस्था भयावह हुन सक्ने चेतावनी दिनुभएको छ । संक्रमण दर उच्च रहेकै बेला काठमाडौ उपत्यका सहित मुलुकका अधिकांश स्थानमा सर्वसाधरणका तर्फबाट समेत हेलचक्र्याई भईरहेको डा पुनले बताउनुभयो । माक्स लगाउने, स्यानीटाईजर प्रयोग गर्ने नियमित हात धुने, तथा भौतिक दुरी कायम गर्नु पर्ने विषयलाई सर्वसधारणले भूल्न थालिसकेको डा पुनले बताउनुभयो । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाईनसमा विहान कुरा गर्दै उहाँले कोभिड १९ संग सम्वन्धित नयाँ नयाँ तथ्यहरु आईरहेको र लक्षण नहुँदै पनि संक्रमण दर वढेकाले सर्तकता अपनाउन आग्रह गर्नुभयो ।

देश अनुसार कोभिड १९ को प्रभाव फरक भएपनि दिर्घ रोगीहरुमा टार्गेट गर्ने सम्भावना अत्याधिक भएकाले समयमै सर्तकता अपनाउनुपर्ने उहाँको भनाई छ ।


प्रतिक्रिया