प्रधानमन्त्रीले रअ प्रमुख भेट्नु भनेको नेपाल–भारत सम्बन्धलाई उच्चस्तरीय राजनीतिक तहमा लैजान नखोज्नु हो : डा.उद्धव प्याकुरेल

कार्तिक ७, २०७७ | काठमाडौं

The Headliners | Journalist Pawan | 23 October 2020 | 7 Kartik 2077

परराष्ट्र मामला जानकार डा. उद्धव प्याकुरेलले नेपालका प्रधानमन्त्रीले भारतीय गुप्तचर संस्थाका प्रमुखलाई महत्व दिएर भेट्नु भनेको दुई देशबीचको सम्बन्धलाई उच्चस्तरीय राजनीतिक तहमा लैजान नखोज्नु भएको बताउनु भएको छ । नेपाल र भारतबीच समस्या नै छैन भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीले आप्mना समकक्षीसँग छलफल नगरेर गुप्तचरी निकायसँग ३ घण्टा वार्ता गर्नु कुटनीतिक मर्यादा विपरीत भएको उहाँले बताउनुभयो ।

रेडियो कान्तिपुरको नियमित कार्यक्रम दी हेडलाइनर्स्मा कुरा गर्दै डा. प्याकुरेलले भारतसँगको सम्बन्ध समानताका आधारमा हुनुपर्ने बताउने व्यक्ति मुलुकको कार्यकारी प्रमुख हुँदा समेत कुटनीतिक मर्यादाको ख्याल नगरी छलफल चलाउनु उदेकलाग्दो भएको बताउनुभयो । प्रधानमन्त्री ओलीले आफ्ना अन्य संयन्त्रहरुलाई प्रयोग गर्नुको साटो आफैं अघि सरेर प्रोटोकल नमिल्ने भेटघाट गर्नुले मुलुकको कुटनीतिक अक्षमताको पर्दा उघ्रिएको डा. प्याकुरेलको भनाइ थियो ।


प्रतिक्रिया