फागुन भित्रमा कोभिड विरुद्धको खोप आउँछ : मन्त्री त्रिपाठी

माघ १, २०७७ | काठमाडौं

The Headliners | Journalist Anil | 14 January 2021 | 01 Magh 2077

स्वास्थ्य तथा जनसंख्या मन्त्री ह्दियस त्रिपाठीले कोभिड विरुद्धको खोप आगामी फागुन सम्ममा आईसक्ने दावी गर्नुभएको छ । पहिलो चरणमा फागुनभित्रमा खोप ल्याउने योजना अन्र्तगत लक्षित वर्ष, खोपको ढुवानी, भण्डारण लगायतका विषयमा सवै तयारी सकिएको मन्त्री त्रिपाठीको भनाई छ ।

रेडियो कान्तिपुरसंग विहान कुरा गर्दै मन्त्री त्रिपाठीले पहिलो चरणमा अग्रपंक्तिमा कार्यरत स्वस्थ्यकर्मी, सुरक्षाकर्मीलाई खोप दिईने बताउनुभयो । खोप ल्याउनका लागि विभिन्न ११ वटा मुलुकसंग छलफल भईरहेको र केही मुलुकले सकारात्मक प्रतिकृया जनाएको मन्त्री त्रिपाठीले बताउनुभयो ।

नेपालको भौगोलिक र प्राविधिक अवस्थाको मुल्याङकन गरेर माईनस २० डिग्री सेल्सियस सम्म भण्डारण गर्न सकिने खोपलाई ल्याउन सरकारले गृहकार्य गरिरहेको उहाँको भनाई छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको भारत भ्रमणका क्रममा पनि कोभिड विरुद्धको खोपका विषयमा ठोस सहमति हुने बताउनुभयो ।


प्रतिक्रिया