महाधिवेशनमा नीतिभन्दा नेताले महत्व पाउनु दुःखद हो : प्रदीप पौडेल

आश्विन १, २०७८ | काठमाडौं

The Headliners | Journalist Pawan | 17 September 2021 | 1 Ashoj 2078

नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले जुनसुकै पार्टीको महाधिवेशनमा पनि नीतिको प्रधानता नरहेर नेताको प्रधानता रहनु दुःखद भएको उल्लेख गर्नु भएको छ । रेडियो कान्तिपुरको नियमित कार्यक्रम दी हेडलाइनर्समा आज कुरा गर्दै उहाँले विधि र पद्दतिको विकासमा भन्दा पनि नेतृत्व हत्याउनका लागि मात्रै दलहरुले अधिवेशन गर्ने भएकाले पनि यसो हुन गएको बताउनुभयो । 

नेपाली काँग्रेसमा पनि अधिवेशनको वर्ष नयाँ सदस्यता नथप्नेबारे छलफल चलिरहेको र त्यसो हुन सके केही हदसम्म विचारमाथिको छलफललाई महाधिवेशनमा प्रवेश गराउन सकिने नेता पौडेलको भनाइ थियो ।

पटकपटक निर्वाचन कार्यतािलका परिवर्तन र संशोधन भएपनि केन्द्रीय महाधिवेशन प्रभवित नहुने नेता पौडेलले बताउनुभयो । महाधिवेशन प्रतिनिधि छान्नका लागि क्रियाशील सदस्यहरुको संख्या महतवपूर्ण हुने भएकाले पनि अहिले सबैभन्दा बढी विवाद यसैमा देखिएको उहाँको कथन थियो । क्रियाशील सदस्यबाटै पार्टीका पदाधिकारीहरु चुन्ने व्यवस्था गर्न सकिए विवाद हल गर्न मद्दत पुग्ने उहाँले उल्लेख गर्नुभयो ।

फरक प्रसङ्गमा उहाँले आफू महामन्त्रीको आकांक्षी रहेको बताए पनि वडा अधिवेशन सकिएर १४ औं महाधिवेशनको सुनिश्चितता भएपछि मात्रै उम्मेदवारी घोषणा गर्ने बताउनुभयो ।


प्रतिक्रिया