हाम्रो पार्टी चुनावबाट भाग्न खोजेको भन्न मिल्दैन: नेकपा एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधर

माघ ६, २०७८

The Headliners | Journalist Anil | 20 January 2022 | 06 Magh 2078

नेकपा एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले स्थानीय तहको निर्वाचन सन्दर्भमा उठेका संवैधानिक र कानूनी प्रावधानको निरुपण गर्न सत्तारुढ गठबन्धनभित्र परामर्श भइरहेकाले चुनावबाट आफूहरु भाग्न खोजेको भन्न नमिल्ने बताएका छन् । संविधानको व्यवस्था र स्थानीय तह निर्वाचन ऐनसम्वन्धि फरक–फरक प्रावधान रहेकाले त्यसलाई एकरुपता ल्याउने प्रयास भइरहेको तुलाधरको भनाइ छ । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाइनर्समा कुराकानी गर्दै उपमहासचिव तुलाधरले आज बस्ने राजनीतिक संयन्त्रको बैठकले कानूनी जटिलताको बिषयमा प्रष्टता खोज्ने बताए ।


प्रतिक्रिया