कानुन अनुसार वैशाखमा स्थानीय तह निर्वाचन वाध्यकारी हो : संविधानविद अधिकारी

रेडियो कान्तिपुर संवाददाता

माघ ९, २०७८

संविधानविद् विपिन अधिकारीले आगामी वैशाखामा स्थानीय तहको निर्वाचन वाध्यकारी व्यवस्था भएको बताउनुभएको छ ।

निर्वाचन कानुन अनुसार वैशाखमा निर्वाचन नभए संवैधानिक जटिलता आउन सक्ने अधिकारीले बताउनुभयो । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाईनर्समा विहान कुरा गर्दै अधिकारीले तिनै तहको निर्वाचन एकै चोटी गर्न सरकारले चाहेको हो भनेपनि वैशाखमै गर्नुपर्ने बताउनुभयो ।

संविधान अनुसार कार्यकाल सकिएको छ महिनाभित्र निर्वाचन गर्नुपर्ने भएपनि दलहरुले बनाएको निर्वाचन कानुन अनुसार पछि धकेल्न नमिल्ने उहााको भनाई छ ।


प्रतिक्रिया