शहरी क्षेत्रमा ठूला दलहरुको विकल्प खोजिएको छ : उप प्राध्यापक खत्री

जेष्ठ २, २०७९ | kathmandu

त्रिभुवन विश्वविद्यालय केन्द्रीय विभागका उप प्राध्यापक जीएस खत्रीले शहरी क्षेत्रका जनताले ठूला राजनीतिक दलको विकल्प खोजी गरेको बताउनु भएको छ । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाइनर्समा कुरा गर्दै उप प्राध्यापक खत्रीले राजनीतिक दलका यसअघिका उम्मेदवारले प्रतिबद्धता पुरा नगर्दा विकल्पको खोजी भएको उल्लेख गर्नुभयो । काठमाण्डौं महानगरको उम्मेदवारका रुपमा स्पतन्त्र खडा भएका बालेन शाहले प्रस्ट भिजन जनता समक्षा राखेकाले पनि जनलहर उनको पक्षमा देखिएको उप प्राध्यापक खत्रीको भनाई थियो । स्थानीय तहको चुनावमा देखिएको युवाको आकर्षणले पुरातनवादी सोचलाई परिवर्तन गर्दै समाजमा सकारात्मक परिवर्तन हुन सक्ने पनि उहाँको भनाई थियो ।


प्रतिक्रिया