समाजवादी केन्द्र अहिलेको आवश्यकता होइन: एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडा

श्रावण १९, २०७९

एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले अहिलेको अवस्थामा समाजवादी केन्द्रको आवश्यकता नभएको बताएका छन् । सत्तारुढ गठबन्धनभित्र रहेका माओवादी केन्द्र र एकीकृत समाजवादीलाई मिलेर जान अर्को कुनै दल वा केन्द्र आवश्यक नभएको उनको भनाइ छ । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाइनर्समा आज विहान बोल्दै खतिवडाले नेता बाबुराम भट्टराई माक्र्सवाद मात्र नभई समाजवाद र वामपन्थ छाडिसकेकाले उनीसहित समाजवादी केन्द्र बन्न नसक्ने बताए । चुनावी तालमेल मात्र सम्भव भएको खतिवडाको भनाइ छ ।


प्रतिक्रिया