कानूनलाई संविधानसम्मत ढंगले संशोधन गरेर मात्रै निर्वाचनमा जानुपर्छ सांसद : डा विन्दा पाण्डे

श्रावण २५, २०७९ | kathmandu

एमाले सांसद बिन्दा पाण्डेले आगामी मंसिर ४ गते हुने निर्वाचनमा जानु अघि नै निर्वाचनसँग सम्बन्धित कानुन संशोधन गरेर संविधानको मर्मअनुसारका बनाउनुपर्ने बताउनुभएको छ । रेडियो कान्तिपूरको नियमित कार्यक्रम द हेडलाइनर्समा सांसद पाण्डेले महिला नेताहरूलाई पनि जनतामा गएर प्रत्यक्ष निर्वाचित भएर आउने कानुनी व्यवस्था गर्नुपर्ने र त्यसका लागि कानूनी संशोधनसहित गरी कार्यान्वयन बाध्याकारी बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । कुनै एक नेता एउटा निर्वाचन क्षेत्रबाट आजीवन उम्मेदवार बन्ने र बाँकीले उसको मतदाता मात्रै बन्ने अवस्थाको अन्त्य गर्न पनि कानुनी संशोधन अपरिहार्य रहेको उहाँको भनाई थियो ।


प्रतिक्रिया