असम्भव केही छैन, सत्ता सहकार्य जोसँग पनि हुन सक्छ : राम कार्की, माओवादी स्थायी समिति सदस्य

मंसिर १३, २०७९ | kathmandu

माओवादी स्थायी समिति सदस्य राम कार्कीले आगामी सत्ता समिकरणमा माओवादी फरक गठबन्धनमा देखिनसक्ने संकेत गर्नुभएको छ । पछिल्लो अवस्थामा कुनै पनि पार्टीको स्पष्ट बहुमत नहुने भएकोले माओवादीले मात्रै नभई सबै पार्टी आफू अनुकुल अघि बढ्न सक्ने बताउनुभएको हो । रेडियो कान्तिपूरको नियमित कार्यक्रम दि हेडलाइनर्समा कार्कीले राजनीतिक दलको आचरण र प्रवृत्तिले आजित भएका जनताले मताधारमार्फत उनीहरुलाई दण्डित गरेको बताउनुभयो । माओवादीले आत्मसमिक्षा गरेर परिष्कृत रुपमा अघि बढ्ने उहाँले बताउनुभयो ।


प्रतिक्रिया