प्रतिनिधिसभाको पहिलो यात्रामै देवराज घिमिरे सभामुख

माघ ५, २०७९ | काठमाडौं

गत मंसिरमा सम्पन्न आम निर्वाचनको दुई महिनापछि संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाले सभामुख पाएको छ । सत्तारुढ दलहरुको समर्थनमा एमालेका सांसद देवराज घिमिरे सभामुख निर्वाचित हुनुभयो । प्रतिनिधि सभाको बिहीबारको बैठकले सत्ता गठबन्धनका उम्मेदवार घिमिरेलाई सभामुखमा निर्वाचित गरेको हो । 

घिमिरेले प्रतिस्पर्धी नेपाली कांग्रेसकी ईश्वरीदेवी न्यौपानेलाई पराजित गर्नुभयो । प्रतिनिधि सभाको बैठकमा भएको मत विभाजनमा घिमिरेको पक्षमा १६७ मत परेको छ । उहाँको विपक्षमा एक सय मत परेको छ । 

२७५ सदस्यीय प्रतिनिधिसभामा बिहीबार २६८ जना सांसद उपस्थित थिए । पहिलो प्रस्तावमै घिमिरेको पक्षमा सभामुख निर्वाचित हुन आवश्यक न्यूनतम १ सय ३८ मत कटेकाले उहाँलाई जेष्ठ सदस्य पशुपति शमशेर राणाले निर्वाचित भएको घोषणा गर्नु भएको हो । 


प्रतिक्रिया