आजका मुख्य समाचारः २०८१ माघ ११

माघ ११, २०८१ | काठमाडौं

भारतको महाराष्ट्रमा रेल दुर्घटनामा तीन महिला र एक बालकसहित ७ जना नेपालीको मृत्यु भएको पुष्टि, चार जना घाइते

राष्ट्रिय राजनीतिमा सत्तापक्ष र प्रतिपक्षबीच आरोप–प्रत्यारोप चलिरहँदा अर्को साताबाट संघीय संसदको नयाँ अधिवेशन शुरु हुँदै, सरकारलाई दर्जनौँ विधेयक अघि बढाउनुपर्ने दवाव

व्यापक विरोधपछि मधेश सरकारद्वारा कामकाजी भाषा सम्बन्धि विधेयक प्रदेशसभाबाट दुई दिनमै फिर्ता

युद्धविराम सम्झौता अनुसार इजरायललाई थप बन्दी हस्तान्तरण गर्ने विद्रोही समूह हमासको तयारी, गाजा क्षेत्रमा सहायता सामाग्री लैजाने क्रम शुरु

आइसिसी यू–१९ महिला विश्वकपको प्लेअफमा नेपालद्वारा मलेसिया ७ विकेटले पराजित


प्रतिक्रिया