आजका मुख्य समाचारः २०८१ फागुन २२, साँझ ०६ः ३० बजे

फाल्गुन २२, २०८१ | काठमाडौं

राजतन्त्र समर्थकको गतिविधिप्रति प्रमुख दलका नेताहरुको चर्को असन्तुष्टी, आगामी चुनावमा प्रतिस्पर्धा गर्न पूर्वराजालाई प्रधानमन्त्री ओलीको चुनौती

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई लोडसेडिङ अन्त्यको जस दिन नमिल्ने उर्जामन्त्री खड्काको भनाइ, कर्मचारीको बिषयलाई राजनीतिकरण गर्न खोजिएको सत्तारुढ दलको टिप्पणी

आफ्नो पहिचान खुलाउन नसक्दा यौनिक अल्पसंख्यकलाई अनेकौं समस्या र चुनौती, परिवार र समाजबाटै गलत धारणा हटाउनुपर्ने अधिकारकर्मीको सुझाव

अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्ना उत्पादनमा आयात शुल्क बढाएपछि चीन रुष्ट, जुनसुकै युद्धका लागि तयार रहेको प्रतिक्रिया

विराट गोल्डकप फुटबलको दोस्रो क्वाटरफाइनलमा नेपाल पुलिस र एपीएफबीच प्रतिस्पर्धा हुँदै 


प्रतिक्रिया