आजका मुख्य समाचारः २०८१ चैत ०८, साँझ ०६ः ३० बजे

चैत्र ८, २०८१ | काठमाडौं
गत निर्वाचनबाट उदाएका जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकता गर्ने तयारी, क्षेत्रीय राजनीतिलाई प्रभाव पार्ने अनुमान
महिनावारी विभेद अन्त्यको माग गर्दै संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभामा संकल्प प्रस्ताव पेश, विभेद अन्त्यका लागि कानून परिमार्जनको माग
जातीय विभेदका सबै घटनाको सूक्ष्म अनुसन्धान गरी दोषीलाई कानूनी दायरामा ल्याउन मानवअधिकार आयोगको आग्रह, विभेदमुक्त वातावरणको सुनिश्चित गर्न तीनै तहका सरकारलाई सुझाव
एलन मस्कको कम्पनीद्वारा भारत सरकारविरुद्ध मुद्दा दायर, अभिव्यक्ति स्वतन्त्रताविरुद्धका काम गर्न लगाएको आरोप
र
प्रधानमन्त्री एकदिवसीय पुरुष क्रिकेटमा त्रिभुवन आर्मी क्लबको छैटौं जित, पछिल्लो खेलमा गण्डकी प्रदेश ६ विकेटले पराजित