आजका मुख्य समाचारः २०८१ चैत ०९, साँझ ०६ः ३० बजे

चैत्र ९, २०८१ | काठमाडौं
सिरहाको औरही गाउँपालिकामा महायज्ञका नाममा दलितमाथि भएको ज्यादती घटनाका पीडितद्वारा प्रहरीमा जाहेरी दर्ता, असुरक्षित महसुस भएपछि परिवार नै विस्थापित
संघीय निजामती सेवा ऐनको अभावले प्रशासनिक संघीयता कमजोर बनाएको सभामुख घिमिरेको टिप्पणी, संसदमा पुगेका विधेयक छिटै पारित गर्ने प्रतिवद्धता
नेपालमा एन्टिबायोटिक्सको गलत प्रयोगले स्वास्थ्य चुनौती बढाउँदै, प्रभावकारी नियमन आवश्यक भएको विज्ञहरुको सुझाव
लेबनानको दक्षिणी क्षेत्रमा हिजबुल्लाहलाई निशाना बनाउँदै इजरायलको आक्रमण सुरु, युद्धमा तान्न खोजिएको भन्दै लेवनानको असन्तुष्टी
र
चितवनमा आयोजित राष्ट्रिय महिला फुटबलको उपाधि एपीएफ क्लवलाई, फाइनलमा त्रिभुवन आर्मी पराजित