पुतली गणना किन गरिन्छ ?

चैत्र १०, २०८१ | काठमाडौं

पुतलीको विविधता पत्ता लगाउन 'बिग बटरफ्लाई काउन्ट' अभियान देशभर जारी छ । बटरफ्लाई वाचर्स नेपालले ३ मार्चदेखि सुरु गरेको अभियान ३१ मार्चसम्म चल्ने बताइएको छ । नेपालमा कुन कुन प्रजातिका पुतली पाइन्छ ? कहाँ पाइन्छ ? कत्तिको संख्यामा पाइन्छ र पुतलीको फोटो खिच्ने उद्देश्यले गणना अभियान चलाइएको बटरफ्लाई वाचर्स नेपालका संस्थापक तथा पुतलीविद् सनेजप्रसाद सुवालले बताउनुभयो । मौसमका हिसाबले पुतली बढी देखिने समयमा अभियान चलाएर बढीभन्दा बढी सूचना संकलन गर्न अहिले अभियान थालिएको हो ।

अहिले वन क्षेत्रमा पाइने पुतली र दुर्लभ पुतली मार्च, अप्रिल, जुन र जुलाईतिर बढी देखिन्छ । पोखरा, धरान, इटहरी, हटौंडा, लुम्बिनी, बर्दिया, सुर्खेत, झापा र कञ्चनपुर लगायतका २५ ठाउँमा गणना भइरहेको छ । नेपालमा ६ सय ९२ प्रजातिका पुतली पाइएको रेकर्ड छ । तराईको एक सय मिटरदेखि हिमालको ७ हजार मिटरसम्म पुतली पाइएको रेकर्ड छ । पुतली गणना किन गरिन्छ ? बटरफ्लाई वाचर्स नेपालका संस्थापक तथा पुतलीविद् सनेजप्रसाद सुवालसँग गरिएको संवाद ।


प्रतिक्रिया