वैद्यखानालाई सुधार गर्न सकिन्छ : डा. प्रदीप केसी, कार्यकारी निर्देशक

चैत्र १२, २०८१ | काठमाडौं

लामो इतिहास बोकेको सिंहदरबार वैद्यखाना आफ्ना उत्पादनकै कारण बजारमा परिचित छ । देशमा उपलब्ध जडीबुटी प्रयोग गरेर आयुर्वेद औषधि उत्पादन गर्ने मुलुकको एकमात्र सरकारी संस्था अहिले टाट पल्टिएको छ । रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि उत्पादन गरिरहेको वैद्यखाना आज आफैं थलिएको अवस्थामा छ ।  

राजा प्रताप मल्लको पालामा आयुर्वेदिक औषधि उत्पादन गर्न वैद्यखानाको स्थापना गरिएको थियो । २०५२ सालबाट त्यही संस्था सिंहदरबार वैद्यखाना विकास समितिका रूपमा सञ्चालित छ । गुणस्तरीय आयुर्वेद औषधि उत्पादन गर्ने पुरानो र एक मात्र सरकारी निकाय बन्द हुने अवस्थामा पुगेको छ । उत्पादनमा ह्रास आउँदा वैद्यखानाकै अस्तित्व मेटिने पो हो कि भन्ने चिन्ता सरोकारवालाहरूको छ ।

कुनै समय १६० प्रकारका औषधि उत्पादन गर्ने वैद्यखानालाई अहिले आफ्नो कारखानामा कतिथरी औषधि बन्छ भन्ने पनि यकिन छैन ।


प्रतिक्रिया