आजका मुख्य समाचारः २०८२ जेठ १०, साँझ ०६ः ३० बजे

जेष्ठ १०, २०८२ | काठमाडौं

उखान–टुक्कासहितका सम्पदाको संरक्षण र प्रवद्र्धनका लागि कानून बनाउने सरकारको तयारी, विधेयक राष्ट्रिय सभामा दर्ता

मनसुन अवधिमा विपद्का घटनामा वृद्धि हुन सक्ने आँंकलन। स्रोत साधनको अभावमा पूर्व तयारी पर्याप्त हुन सकेन

भिजिट भिसा प्रकरणलाई लिएर आलोचना बढिरहेका बेला गृहमन्त्री लेखकलाई राजिनामा दिन कांग्रेस नेताकै सुझाव। गैरकानूनी काममा नेतृत्वको संलग्नता नभएको गृहमन्त्रालयको दावी

हार्वर्ड विश्वविद्यालयमा अन्तर्राष्ट्रिय विद्यार्थीको भर्ना प्रक्रिया रोक्ने निर्णय अदालतद्वारा खारेज

एनभीए भलिबल लिगमा महिलातर्फ विभागीय टोली पुलिस र एपीएफको लगातार दोस्रो जित 


प्रतिक्रिया