आजका मुख्य समाचारः २०८२ जेठ १४, साँझ ०६ः ३० बजे

जेष्ठ १४, २०८२ | काठमाडौं
भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको गृहमन्त्री लेखकको प्रष्टोक्ति, नियोजित र षडयन्त्रमूलक ढंगले आफूमाथि आक्रमण भएको भनाइ
भोलिदेखि सुरु हुने राजावादीको प्रर्दशनलाई चक्रपथ बाहिरै राख्न प्रधानमन्त्री ओलीको निर्देशन, गणतन्त्र दिवसलई उत्सवका रुपमा आयोजना गर्ने एमालेको भनाइ, रत्नपार्कको शान्तिबाटिकामा प्रदर्शन गर्ने राप्रपा सहित राजावादी समूहको तयारी
प्लानिङ ब्वाइजको ए डिभिजन यात्रामा आर्थिक पक्ष चुनौतीपूर्ण, सामूहिक भावनाले मात्रै चल्ला त फुटबल क्लब ?
पाकिस्तानसँग सीमा जोडिएका ४ राज्यमा पूर्वाभ्यास गर्ने भारतको तयारी
र
एसियन कप छनोटको तयारीमा जुटेको नेपाली राष्ट्रिय महिला फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज थाइल्यान्ड प्रस्थान