आजका मुख्य समाचारः २०८२ जेठ २७, साँझ ०६ः ३० बजे

जेष्ठ २७, २०८२

बाबुको पहिचान नखुलेको अवस्थामा आमाले स्वघोषणा गरे नागरिकता दिने व्यवस्थासहितको नागरिकता सम्वन्धी विधेयक संसदीय समितिबाट पारित, गैरआवासीय नेपालीका लागि छुट्टै कानून ल्याउने तयारी

स्थानीय तहको संख्या घटाउनुपर्ने बहस शुरु, संघीय प्रणाली अनुसार स्थानीय सरकारलाई प्रभावकारी बनाउन सुधार आवश्यक भएको दलका नेता र विज्ञहरुको बुझाइ

वैदेशिक रोजगारीका लागि बेलायत पठाउने भन्दै ११ करोड रुपैयाँ ठगी गरेको आरोपमा दुई जना पक्राउ, काठमाडौंको टोखामा गोली प्रहार गरी दुई जना लागूऔषध कारोबारी प्रहरी नियन्त्रणमा

रुसद्वारा युक्रेनमा व्यापक हवाई आक्रमण, शान्ति कायमका लागि सहयोग गर्न युक्रेनी राष्ट्रपतिको आग्रह

विश्वकप क्रिकेट लिग–टूअन्तर्गत जारी शृंखलाको अन्तिम खेलमा नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा जारी


प्रतिक्रिया