खोटाङ डायरी

आश्विन १, २०७३ | खोटाङ

खोटाङ डायरीमा डम्बरसिं राईको नमस्कार

जिल्लाभर सडक अबरुद्ध

खोटाङमा सबै सडकखण्डमा यातायात अवरुद्व भएका छन् । सडक कच्ची भएकाले लगातारको झरिपछि यातायात ठप्प भएका हुन् । जिल्लामा विस्तार भएका २४ वटा जिल्ला सडक, आर्थिक केन्द्र जोड्ने सडक र गाउ“स्तरीय गरी पाँचसय ८६ किलोमिटर सडकमा यातायात अवरुद्व भएका हुन् । जिल्लामा सडकको ट्य्राक खोलिए पनि मर्मत गर्न नसक्दा यातायात सञ्चालन गर्न नसकिएको जिल्लास्थित प्राविधिक कार्यालयका प्रमुख इन्जिनियर राजु श्रेष्ठले बताउनु भयो । जिल्ला सदरमुकाम दिक्तेलमा समेत सडक मर्मत नहुदा यातायात सञ्चालनमा समस्या भएको छ । दिक्तेलको बैंकचौकदेखि मनमाया राई खानीडा“डा सडक, हस्पिटल हाटडा“डा सडक पनि अबरुद्ध छ । 

लिलाम सामान शिलबन्दी

खोटाङ जिल्ला अस्पतालले लिलाम गरेको उपकरण छानविनको दायरामा आएको छ । अस्पतालका कर्मचारीले कमिसनका लागि महङ्गा उपकरण कौडीको भाउमा लिलाम गरेको भन्दै विरोध जनाएपछि जिल्ला प्रशासन कार्यालयले शिलबन्दी गरी छानविन बढाएको हो । अस्पतालको भिडियो एक्सरे, एक्सरे, इसिजी लगायतका महङ्गो उपकरण कौडीको भाउमा लिलाम गरेर अनियमितता भएको भन्दै चौतर्फी गुनासा आएपछि कारबाही थालिएको प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले बताउनु भयो । अस्पतालले भिडियो एक्सरे, एक्सरे, इसिजी मेसिन लगायतका एक सय १२ प्रकारका उपकरण न्युन मूल्यमा फागुनमै २६ हजार पा“च सय रुपैया“मा लिलाम बिक्री गरेको थियो । लिलाम गरिएका सामानमध्ये कम्प्युटर फोटोकपी मेसिन, प्रिन्टर लगायतका २५ आइटमका ५३ सामान मात्र फेला परेको जिल्ला प्रशासन कार्यालयका नायव सुब्बा लिला विश्वकर्माले बताउनु भयो । 

पाँच​ वटा पुल बने  

खोटाङमा झोलुङ्गे र स्टील ट्रष्ट गरी पाँचवटा पुल निर्माण भएको छ । दिक्तेल–बुइपा जोड्ने कुसुङ्खा, चिसापानी–डम्बर्खुशिवालय जोड्ने काभ्रेखोला, ऐसेलुखर्क– राखावाङ्देल जोड्ने नोउवापुछार पुल, चिप्रिङ–सप्तेश्वरछितापोखरी जोड्ने साततले र दोर्पाचिउरीडाँडाको भालुकोरेस्थित लप्सेखोलामा स्टील ट्रष्ट निर्माण भएको जिल्ला प्राविधिक कार्यालयका प्रमुख इन्जिनियर राजु श्रेष्ठले बताउनु भयो ।

अब्बल प्रदर्शन

एशियन जुनियर च्याम्पियनसिप पूर्वाञ्चल छनौट एथलेटिक्स प्रतियोगितामा खोटाङले अब्बल खेल प्रदर्शन गरेको छ । यसमा खोटाङ जिल्लाले पा“च स्वर्ण, दुई रजत र एक काष्य जितेको छ । भदौ ३० गते बिराटनगरमा सम्पन्न छनौटमा पा“च हजार मिटर पुरुष दौडमा किरण राई, तीन हजार र आठ सय मिटर महिला दौडमा दीर्पा बस्नेत, सटफुट महिला र ज्याभलिनथ्रो महिला बिनिता राईले स्वर्ण चुमेका हुन् । त्यस्तै तीन सय मिटर महिला र चार सय मिटर महिला दौडमा शान्ता राईले रजत जितेकी छन् । आठ सय मिटर महिला दौडमा पनि शान्ता राईले नै कास्य जितेकी छन् । पछिल्लो समय खोटाङका खेलाडीले खेलकूद क्षेत्रमा लोभलाग्दो प्रदर्शन गर्दै आएको छ ।

हवस त खोटाङ डायरी आजलाई यति नै डम्बरसिं राईलाई बिदा दिनुहोस नमस्कार ।


प्रतिक्रिया