डोटी डायरी

फाल्गुन १६, २०७४ | डोटी

 जिल्ला वन कार्यालय डोटीले वन्य जन्तुको आक्रमणबाट घाइते तथा मृत्यू भएका आफन्तलाई आज राहत विरतण गरेको छ । एक औपचारिक कार्यक्रमका बिच पूर्वी चौकी गाउँपालिका वडा नं. ७ पोखरीका जय बहादुर खड्काको परिवारलाई १० लाख रुपैया राहत वितरग गरेको छ । भालुको आक्रमणबाट खड्काको मृत्यू भएको थियो । भालुको आक्रमणबाट घाइते भएकी दिपायल सिलगढी नगरपालिका कलेनाकी राजुदेबी साउदलाई पनि राहत हस्तान्तरण गरिएको छ । 

प्रदेश राजधानीको माग गर्दै दुई महिनादेखि डोटीमा जारी धर्ना कार्यक्रम आजबाट स्थगित गरिएको छ । नयाँ रणनीति अनुसार जाने भन्दै धर्ना कार्यक्रम स्थगित गरिएको हो । डोटीको दिपायललाई प्रादेशिक राजधानी हुनु पर्ने माग गर्दै २ महिनादेखि धर्ना, अनसन, नाराबाजी, प्रर्दशन तथा आम हड्तालका कार्यक्रमहरु हँुदै आएका थिए । आज बसेको सर्वपक्षिय बैठकले राजधानीका लागि दबाब दिन जिल्ला समन्वय समितिको संयोजकत्वमा संघर्ष समिति गठन गरेको छ । जिल्ला स्थित राजनीतिक दल, स्थानिय सरकार, संघसंस्था, नागरिक समाज लगायतलाई समेटेर दबाबका अन्य कार्यक्रम तय गरी अघि बढ्ने निर्णय गर्दै समितिले धर्नाका कार्यक्रम स्थगित भएको जनाएको छ । 

खप्तडमा केबलकार संञ्चालनका लागि थालिएको १० रुपैयाँ खुत्रुक्के अभियानमा एक लाख ७३ हजार रुपैयाँ संकलन भएको छ । डोटी उद्योग वाणिज्य संघमा खोलिएको खुत्रुकेमा जम्मा भएको रकम आज सार्वजनिक गरिएको हो । डोटी उद्योग वाणिज्य संघका निर्वमान अध्यक्ष तथा दिपायल सिलगढी नगरपालिकाका ४ नं. वडाका वडाध्यक्ष बिरेन्द्र शाहले सो अभियानको सुरुवात गर्नु भएको हो । केवलकार संञ्चालनका लागि सरकारलाई जिम्मेवार बनाउन नागरिकस्तरबाट अभियान सुरु गरिएको अभियन्ता बिरेन्द्र शाहले जानकारी दिनु भयो । 

गर्मी बढेसंगै वनजंगलमा हुन सक्ने आगलागी नियन्त्रण गर्न जिल्ला वन कार्यालय डोटीले विभिन्न सचेतनामूलक गतिविधि सञ्चालन गरेको छ । ६५ प्रतिशत आगलागी मानवीय त्रुटिका कारण भइरहेको भन्दै वरिष्ठ जिल्ला वन अधिकृत बद्री कुमार कार्कीले आगलागी बाट वनलाई जोगाउन विभिन्न योजनाहरु ल्याएको बताउनुभयो । डढेलो सम्बन्धी सूचना केन्द्र स्थापना गर्ने, समुदायमा पर्चा पम्पलेट बाड्ने, सचेतनामुलक अभियानहरु चलाउने, सञ्चारमाध्यमसंग सहकार्य गर्ने जस्ता गतिविधि जिल्ला वन डोटीले सञ्चालन गर्ने जनाएको छ । 


प्रतिक्रिया