ओखलढुंगा डायरी

भाद्र १५, २०७५ | ओखलढुंगा

ओखलढुंगा डायरीमा कुम्भराज राईको नमस्कार

– दुध संकलन गर्ने उपयुक्त माध्यम नहुादा ओखलढुंगा सदरमुकाममा साधै दुध अभाव हुने गरेको छ । सदरमुकाममा दैनिक ३ सय लिटर भन्दा बढी दुधको माग हुने गर्छ । तर शुभलक्ष्मी दुग्ध प्रशोधन तथा चिस्यान केन्द्रले मुस्किलले ८० लिटर दुध मात्र संकलन गरि बिक्रि गर्ने गरेको छ । एउटा दुध संकलन केन्द्रका लागि कम्तिमा ८ लाख सम्म लागत लाग्ने अनुमान छ । जिल्लाको विभिन्न स्थानमा संकलन केन्द्र आवश्यक भएपनि लगानी अभावमा दुध अभाव हुने गरेको हो । हाल संकलित दुधका लागि नियमित सवारी चल्ने सडक नहुादा प्रति लिटर २० रुपौया सम्म ढुवानी भाडा लाग्ने गरेको चिस्यान केन्द्रले जनाएको छ ।

ओखलढुागाको सुनकोशी गाउापालिकाको च्यानममा १७ सय बोट रुद्राक्षको बिरुवा वितरण गरिएको छ । कटवाल सेवा सञ्जाल संस्थाले प्रत्येक घरमा कम्तिमा २ वटा रुद्राक्ष रोप्ने उद्देश्यले बिरुवा वितरण गरेको हो । जैविक विविधता र धार्मिक महत्व बोकेको रुद्राक्ष रोपेर आयआर्जन गर्न सकिने भन्दै निशुल्क रुपमा बिरुवा वितरण गरेको संस्थाका अध्यक्ष मानबहादुर कटवालले बताउनुभयो । विरुवा वितरण कार्यक्रममा पूर्व प्रधानसेनापति रुक्मांगद कटवाल, सांसद यज्ञराज सुनुवार र कााग्रेस नेता रामहरि खतिवडा लगायतले विद्यालय परिसरमा रुद्राक्षको वृक्षारोपण गर्नुभएको थियो ।

महिला जागरण वाल विवाह नियन्त्रण हाम्रो अभियान भन्ने नाराका साथ मानेभन्ज्याङ गाउापालिकाले तीन विशेष वडास्तरीय वक्तृत्वकला प्रतियोगिता गर्ने भएको छ । महिला नेतृत्वको क्षमता विकास गर्ने उद्देश्यले वक्तृत्वकला आयोजना गरिएको गाउापालिकाकी उपप्रमूख सविता राईले बताउनुभयो । भोलिदेखि शुरु हुने भनिएको प्रतियोगिताका उत्कृष्ट तीन जनालाई प्रत्येक वडा पिच्छे नगद पुरस्कार र प्रमाणपत्र समेत दिने आयोजकले जनाएको छ । एउटा वडाका लागि २० हजारका दरले बजेट विनियोजन भएको समेत उपप्रमूख राईले बताउनुभयो ।

ग्रामीण सडक खनिएकै कारण बुधबार राती ओखलढुंगाको मोलुङ गाउँपालिका ८ राँगादीपमा एक घर पुरिंँदा एकै परिवारका चारजनाको मृत्यु भएको छ । स्थानीयका अनुसार घरैमाथीबाट खनेको सडक भत्किएर पूर्णबहादुर राईको घर पुरिादा उनी सहित चारैजनाको मृत्यु भएको हो । स्थानीय तहहरुले पछिल्लो समय प्राविधिक अध्ययन विना सडक खन्ने गरेपछि ओखलढुंगाका दर्जनौं स्थानमा पहिरो गएका छन् । सडककै कारण लिखु गाउँपालिका ३ स्थित भिमसेनस्थान माध्यमिक विद्यालय पहिरोको जोखिममा परेको छ । 

हवस्त ओखलढुंगा डायरी आजलाई यति नै, म कुम्भराज राई बिदा चाहन्छु नमस्कार ।

 


प्रतिक्रिया