लमजुङ डायरी

भाद्र ८, २०७८ | लमजुङ

४१ हजार ३ सय ७ जनाले पाए कोरोनाविरुद्धको पूर्ण खोप

लमजुङमा ४१ हजार ३ सय ७ जनाले कोरोना भाइरस विरुद्धको पूर्ण खोप पाएका छन् । स्वास्थ्य कार्यालयका अनुसार पहिलो मात्राको खोप लगाउनेको संख्या ५९ हजार ७ सय जना छ । कोभिशिल्ड खोपको पहिलो मात्रा १८ हजार ८१ जनाले लगाएका छन् । दोस्रो मात्रा ४ हजार २ सय २८ जनाले लगाएका छन् । कोभिशिल्डको पहिलो मात्रा लगाएका १२ हजार ६ सय ६ जनाले दोस्रो मात्रामा अस्ट्राजेनेका खोप लगाएका छन् । भेरोसेल खोपको पहिलो मात्रा २६ हजार १ सय ५९ जनाले लगाएका छन् । दोस्रो मात्रा १५ हजार ३ सय ४७ जनाले लगाएका छन् । जोनसन एण्ड जोनसन खोप १२ हजार ३ सय ९९ जनाले लगाएका छन् । हालसम्म कोरोना भाइरस विरुद्धको खोप लगाएका मध्ये १८ हजार ३ सय ९३ जनाले दोस्रो मात्राको खोप लगाउन बााकी रहेको स्वास्थ्य कार्यालय प्रमुख अमर दवाडीले बताउनुभयो ।

स्थानीय सरकारको काम फितलो

स्थानीय सरकार संचालन ऐन २०७४, परिच्छेद ६ को दफा २४ अनुसार स्थानीय तहले आवधिक योजना निर्माण गर्नुपर्ने भएपनि लमजुङका कुनै पनि स्थानीय तहले बनाएका छैनन् । वार्षिक, रणनीतिगत योजना, विषय क्षेत्रगत मध्यकालीन तथा दीर्घकालीन विकास योजना बनाई लागू गर्नु पर्ने भनिएकोमा त्यो पनि बनाएका छैनन् । स्थानीय तह गठन भएको ४ बर्ष वितिसक्दा पनि लमजुङका स्थानीय तहले आवधिक योजना निर्माण गर्न सकेका छैनन् । बेंसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्याल र राइनास नगरपालिका प्रमुख सिंहबहादुर थापाले आवधिक योजना निर्माणको चरणमा रहेको बताउनुभएको छ ।

सडक संरक्षणका लागि सडक हेरालु

दोर्दी गाउापालिकाले सडक संरक्षणका लागि सडक हेरालु राखेको छ । गाउापालिकाको अध्यक्ष रोजगार कार्यक्रम अन्तर्गत बेरोजगार १८ जना युवालाई सडक हेरालुको जिम्मा दिइएको गाउापालिकाका रोजगार संयोजक एवं सूचना अधिकारी धर्म गुरुङले बताउनुभयो । उनीहरुलाई ३ महिनाका लागि सडक हेरालुको रुपमा नियुक्त गरेर पठाएको गाउापालिका अध्यक्ष ओमबहादुर गुरुङले बताउनुभयो । उहााका अनुसार हरेक वडाबाट २/२ जना छनौट गरी भदौ, असोज र कार्तिक महिनासम्मका लागि सडक र नाला सरसफाइको जिम्मा दिइएको छ । मासिक १७ हजार ३ सय १० रुपैयााका दरले पारिश्रमिक तोकिएका उनीहरुले दैनिक बिहान १० बजेदेखि सााझ ५ बजेसम्म काम गर्नेछन् ।

४ वर्षमा ३४ वटा सडक कालोपत्रे

बेंसीसहर नगरपालिकाले ४ वर्षमा ३४ वटा सडक कालोपत्रे गरेको छ । नगरपालिकाको ६० प्रतिशत र उपभोक्ताको ४० प्रतिशत लगानीमा नगरभित्रका ५ दशमलब ६१ किलोमिटर सडक कालोपत्रे गरिएको नगर प्रमुख गुमानसिंह अर्यालले बताउनुभयो । नगरपालिकाले आर्थिक बर्ष २०७७/७८ मा ५ वटा सडक कालोपत्रे गरिएको छ । नगरपालिकाले बजारभित्रको सडक निर्माणका लागि ४ करोड १४ लाख ६६ हजार ३ सय ५ रुपैयाा खर्चेको छ ।



प्रतिक्रिया