रुकुम डायरी

कार्तिक ८, २०७९ | रुकुम

अर्थमन्त्रीजनार्दन शर्माले जनतालाई सरकारको कमीकमजोरीहरुको आलोचना र खबरदारी गर्ने अधिकार रहेको बताउनुभएको छ । रुकुमपश्चिमको चौरजहारीमा तिहारको अवसरमा जनसाास्कृतिक महासंघ चौरजहारीले आयोजना गरेको देउसीभैलो कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले जनताले चुनेका प्रतिनिधिहरुको कामको जनताले सहि मूल्यांकन गर्नुपर्ने बताउनुभयो । आठ वर्ष देखि बन्द अवस्थामा रहेको चौरजहारी विमानस्थल विस्तार गरेर ठुलो जहाज आउने गरी काम अगाडी बढाउने योजना रहेको शर्माको भनाई छ ।

नेकपा एमाले रुकुमपूर्वले प्रदेशसभा क मा आफ्नो उम्मेदवारी निष्कृय पार्दै स्वतन्त्र उम्मेदवारलाई समर्थन गरेको छ । एमालेले आफ्ना उम्मेदवार तेजेन्द्र बुढाको उम्मेदवारीलाई निष्कृय बनाउँदै स्वतन्त्र उम्मेदवार सुरुल पुनलाई समर्थन जनाएको छ । एमाले रुकुमपूर्वले विज्ञप्ती जारी गर्दर्ै स्वच्छाचारी कदमका विरुद्ध आफ्नो पार्टीको उम्मेदवारी निष्कृय पारेर स्वतन्त्र उम्मेदवार पुनलाई समर्थन गर्ने जनाएको हो ।

रुकुमपूर्वमा राति ९ बजे सम्म मात्र देउसी, भैलो खेल्न पाइने भएको छ । रातको ९ बजेपछि देउसी, भैलो नखेल्न भन्दै जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वले निर्देशन जारी गरेको हो । प्रशासनले जारी गरेको सूचनामा बिजुली तथा मैनबत्ती, पालादियो जस्ता सामग्रीको प्रयोग गर्दा सावधानी अपनाउन जिल्ला बासीलाई अनुरोध समेत गरिएको छ । पटका आतसबाजी, भुइँचम्पा जस्ता प्रज्वलनशील विस्फोटजन्य पदार्थको प्रयोग नगर्न तथा यस्ता पदार्थ ओसारपसार र विक्रीवितरण नगर्न पनि अनुरोध गरेको छ ।


प्रतिक्रिया