सर्लाही डायरी

कार्तिक १०, २०७९ | सर्लाही

तराईमा धुमधामका साथ छठ पर्व मान्नका लागि विभन्न स्थानका जलासयलाई सिंगारिने काम भइरहेको छ । षष्टिको बेलुकी देखि जलाशयमा सजाइएको घाटमा विभिन्न किसिमका पकवानहरु राखेर छठी माताको पुजा सुरु गरिन्छ । पर्वमा जाती, छुवाछुत लगायतको भेदभाव हुँदैन । सवै जातजातीका मानिसहरु एकै ठाउँमा अटाउने गरेका छन् । छठको पहिलो दिन ब्रतालु महिलाले अस्ताउँदो सुर्यलाई अर्घ दिएर रातभरी पुजा पाठमा ब्यस्त हुन्छन् । अगामी सोमबार विहानको उदाउँदो सुर्यलाइ अर्घ दिएपछि छठ पर्व समापन हुनेछ ।

सत्ता गठबन्धन दल मध्येका माओवादीका नेताहरुले बागी उम्मेदवारको पक्षमा खुलेरै मत माग्न थालेका छन् । सर्लाहीमा गठबन्धनविरुद्ध आठजना माओवादीका नेताले प्रतिनिधि तथा प्रदेशसभामा उम्मेदवारी दिएका छन् । गठबन्धनका अन्य दलबाट भने बागी उम्मेदवारी परेको छैन । माओवादीका नेताहरुले कतिपय स्थानमा आन्तरिक त कतै खुलेर नै बागीको पक्षमा मत माग्न थालेका छन् । सर्लाहीको क्षेत्र नम्बर १, ३ र ४ मा प्रतिनिधिसभाका १ तथा प्रदेशसभाका ७ जना माओवादीबाट बागी उम्मेदवार बनेका छन् । उम्मेदवारी पछि उनीहरुलाई केन्द्रले पार्टीबाट निस्कासन गरिसकेपनि जिल्लाका नेताहरु खुलेरै उनीहरुको पक्षमा लागेका छन् । जसले गठबन्धनमा अन्य दल ससंकित भइरहेका छन् ।

पूर्व–पश्चिम राजमार्गमा दुर्घटना न्यूनीकरण गर्न धनुषाको लालगढमा प्रदेश स्तरीय रिफ्रेस सेन्टर खोलिए कुनै प्रगती भने देखिएको छैन । नाम मात्रको रिफ्रेस सेन्टरले काम नगर्दा दुर्घटनामा कमी आउन सकेको छैन । राजमार्गमा भएका अधिकांस दुर्घटना चालकको लापारवाहीले भएको देखिएको छ । जिल्ला ट्राफिक प्रहरीको तथ्याँक अनुसार साउनमा सर्लाहीमा सानाठुला गरी ८१ वटा सवारीसाधन दुर्घटनामा परेका छन् । भदौमा भने ५२ सवारीसाधन दुर्घटना भएकोमा असोजमा ७८ वटा सवारीसाधन दुर्घटनामा परेको तथ्याङ्क छ ।



प्रतिक्रिया