नेपालगञ्ज डायरी

मंसिर २८, २०७९

बांकेको नरैनापुर गाउंपालिकाभित्रका सरकारी जग्गा अतिक्रमण गरी बनाइएका घर टहरा भत्काउन थालिएको छ । पहिलो चरणमा नरैनापुर–१ को महतिनियाबाट घर भत्काउन सुरु गरिएको छ । गाउंपालिकाका बस्ती व्यवस्थित गर्ने गुरु योजना अनुरुप सरकारी जग्गा अतिक्रमण गरी बनाइएका घरटहरा भत्काउन सुरु गरिएको हो । अतिक्रमण गरी बनाएको घर भत्काउन लिखित जानकारी गराए पनि अटेर गरेको भन्दै डोजर लगाएर भत्काउन बाध्य भएको गाउंपालिकाले जनाएको छ ।

बांकेको सीमा क्षेत्र रुपैडिहादेखि कोहलपुरसम्म रेल लाइन बिस्तारमा भारतीय पक्षले ढिलाई गरेको छ । सन् २०११ मा नेपाल र भारत सरकारबीच पूर्व–पश्चिम राजमार्गमा पर्ने नेपालका ६ वटा सीमा नजिकका शहर जोड्ने गरी रेल लाइन बिस्तार गर्ने सम्झौता भएको थियो । सम्झौता अनुसार सन् २०१७ जुलाई २० मा दुई देशीय सचिवस्तरीय बैठकले अन्तिम गन्तव्य सर्वेक्ष्ँण टोली गठन गरेको थियो । तर, भारतीय पक्षले सर्भेक्षणको प्रतिवेदन अहिलेसम्म नेपाली पक्षलाई बुझाएको छैन । भारतको रुपैडिहादेखि बांकेको कोहलपुरसम्म १८ किलोमिटर रेलसञ्चालनका लागि रेलका लिक बिछ्याउने स्थानको पनि टुंगो लागि सकेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालगञ्जस्थित कार्यालयमा सबै भन्दा बढी स्थानीय तहस“ग सम्बन्धित भ्रष्टाचार उजुरी दर्ता भएका छन् । बांके, बर्दिया, दाङ र रोल्पा कार्यक्षेत्र रहेको नेपालगञ्ज कार्यालयमा विभिन्न विषय क्षेत्रगत कार्यालयको उजुरी मध्ये सबैभन्दा बढी स्थानीय तहका उजुरी रहेको आयोगको नेपालगञ्ज सम्पर्क कार्यालयले जनाएको छ । चालू आर्थिक वर्षको कात्तिक महिनासम्म स्थानीय तहका एक सय ६३ उजुरी दर्ता भएका छन् ।

विगत ५ महिनादेखि अवरुद्ध हुंदै आएको डुडुवा गाउ“पालिकाको गाउंसभा आगामी पुस ४ मा बस्ने भएको छ । नेकपा एमाले र जनता समाजवादी पार्टी जसपाबीच सहमति भएपछि गाउंसभा बस्ने भएको हो । समयमै गाउंसभा हुन नसक्दा ५ महिनादेखि बजेट निकास समेत रोकिएको थियो । बजेट निकास नहु“दा विकास निर्माण कार्य ठप्प हुनुका साथै शिक्षक र निजामती गरी करीब ६ सय कर्मचारीले तलब भत्ता समेत पाउन सकेको थिए । 


प्रतिक्रिया